पुष्पराज खतिवडा

मनहर्वा,जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरामा रहेको जगदम्बा स्टील उद्योगमा शुक्रबार राती दुर्घटना हुँदा एकजना मजदुरको ज्यान गएको छ । ज्यान गुमाउनेमा बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर ५ ढोडिया निवासी २८ बर्षका अनेश चौधरी भएको बारा प्रहरीले जनाएको छ ।

राति करिब १२ बजेको समयमा प्रेशर मेशिनमा चेपिएर घाइते भएका चौधरीको वीरगन्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचारका क्रममा राती नै निधन भएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम् मिश्रले जानकारी दिनुभयो ।

चौधरीको निधन भएपनि हालसम्म पोष्टमार्टम हुन सक्दा परिवारले शव बुझ्न नपाएको बताएका छन् । कुनै अर्को मृत्युको घटनालाई लिएर अस्पतालका डाक्टरहरु विवादमा परेपछि समस्या भएको मृतकका दाजु जलोधर चौधरीले बताउनुभयो । अस्पतालका डाक्टरहरु मोवाईल अफ गरेर सम्पर्क बिहिन भएकाले दिनभर अस्पतालमा शव कुरेर बसिरहेको उहाँले सुनाउनुभयो ।

यता जगदम्बा स्टीलकातर्फबाट मृतकको परिवारमा १० लाख रुपैंया क्षेतिपूर्ति दिने सहमति भएको छ । दश लाख क्षेतिपूर्ति र कृया खर्चबापट ५० हजार उपलब्ध गराउने सहमतिमा हस्ताक्षर भएको मृतक परिवारका छिमेकी मिश्रलाल सहनीले बताउनुभयो ।

Leave a Reply