जनकपुरधाम,नेकपा एमाले मधेस प्रदेश कमिटीले प्रदेशमा आफ्ना संगठित सदस्यको संख्या २ लाखभन्दा बढी बनाउने योजना बनाएको छ ।एमाले केन्द्रीय संगठन विभागको आयोजना र मधेस प्रदेश कमिटीको व्यवस्थापनमा जनकपुरमा सोमवार भएको पार्टी सदस्यता नवीकरण तथा अनलाइन अभिलेखीकरण विषयक अन्तरक्रियात्मक अभिमुखीकरणमा सो योजनाबारे जानकारी दिइएको हो ।

मधेस प्रदेशमा अहिले ६७ हजार ७० पार्टी सदस्य रहेकोमा १ लाख ३६ हजार १३८ थपेर २ लाख ३ हजार २०८ सदस्य पु¥याइने एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिनुभयो ।कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, संगठन विभागका सचिव माधव ढुङ्गेल, सब्जल मियालगायतले सदस्यता नवीकरण र अनलाइन अभिलेखीकरण प्रणालीको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

मधेस प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पोलिटब्युरो सदस्यद्वय सुमनराज प्याकुरेल र लीलानाथ श्रेष्ठसहित मधेस प्रदेशका आठ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवलगायतको उपस्थिति थियो ।
कार्यक्रममा मधेस प्रदेशमा जेठ महिनालाई पार्टी सदस्यता नवीकरण र विस्तार सञ्चालन गर्ने निर्णय गरिएको प्रदेश सचिव पौडेलले बताउनुभयो ।

Leave a Reply