काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) काज सरुवा भएको छ । आइतबार भएको काज सरुवामा जिल्ला प्रहरी कार्यालय बारासहित ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय बारामा होविन्द्र बोगटी, मकवानपुरमा वामदेव गौतम, रौतहटमा वीरबहादुर बुढा मगर, कपिलवस्तुमा प्रेमबहादुर बस्नेत, कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी र डोटीमा दिलिप घिमिरेलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बारामा सरुवा भएर आउनुभएको बोगटी जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी नायव उपरीक्षकको रुपमा काम गरिसक्नुभएको छ । बोगटी प्रहरी संघठनभित्र इमान्दार र सक्षम प्रहरी अधिकृतको रुपमा चिनिनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here