निजगढ,निजगढ नगरपालिकामा भुमिहिन तथा अव्यवस्थित जग्गाको नापजाच कार्य शुरु भएकोछ ।
निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ मा पर्ने भरतगन्ज सिङ्गौलबाट भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित जग्गाहरुको नापजाँच गर्ने कार्यको सुरुवात गरिएको हो ।
जग्गा नापजाँच कार्यको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर सुरेश कुमार खनालले वर्षौदेखि नगरमा समस्याको रुपमा रहदै आएको सुकुम्बासी समस्या र अव्यवस्थित जग्गाको नापजाँच शुरु भएसङ्गै सुकुम्बासी समस्या समाधानतर्फ उन्मुख हुने जनाउनुभयो ।
भरतगन्ज सिङ्गौलबाट सुरु भएको जग्गा नापजाँच कार्य नगरका अन्य वडामा पनि क्रमशः गर्दै लगिने जनाइएको छ । सुरुमा भरतगन्ज सिङ्गौल, लाल, रतनपुर क्षेत्रमा अव्यवस्थित जग्गालाई व्यवस्थापन गर्ने कार्य सन्चालन भइरहेको उपमेयर लिलादेबी लामिछानेले बताउनुभयो ।
जग्गा नापजाँच उद्घाटन कार्यक्रममा उपप्रमुख लिलादेबी लामिछाने खनाल, नगरपालिकाका प्रमुख प्रशासीकय अधिकृत सुमनकुमार कार्की, वडा नम्बर १ का वडा अध्यक्ष मङ्गल लोप्चन, वडा नम्बर २ का वडा अध्यक्ष केशव ढोडारी, वडा नम्बर ३ का वडा अध्यक्ष जितबहादुर लामा, वडा नम्बर ७ का वडा अध्यक्ष रामजीप्रसाद बजगाई, वडा नम्बर १० का वडा अध्यक्ष पदमबहादुर मोक्तान लगायत कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।