अनिल तिवारी
सिमरा – बाराको सिमरामा बन बन्यजन्तु संरक्षण अवधारणा सम्बन्धि बृहत समन्वय बैठक सम्पन्न भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज मध्यवती क्षेत्र अन्तरगत रहेको जनहित उपभोक्ता समितिको आयोजना तथा तराई भू–परिधि कार्यक्रमको आर्थिक सहयोगमा यो कार्यक्रम सम्पन्न भएको हो ।
बन संरक्षणको क्षेत्रमा काम गर्दै आएको यस समिति अन्रगत रहेको चोरी सिकारी नियन्त्रण यूवा अभियानलाई थप प्रभावकारी बनाउन निकुञ्जका प्रतिनिधि, समिति, स्थानिय सरकार र नेपाल प्रहरी बिच छलफल गर्न यो कार्यक्रमको आयोजना गरीएको जनहित उपभोक्ता समितिका अध्यक्ष एवम कार्यक्रमका सभापति अमृतलाल श्रेष्ठले बताउनुभएको छ ।
उहाँले समितिको मातहतमा रहेको चोरी सिकारी नियन्त्रण समितिलाई सबै तहतपकाबाट सहयोग गरे मात्र यस उपसमितिले आफ्नो काम राम्रोसंग गर्नसक्ने जानकारी दिनुभयो । श्रेष्ठले राज्यका तिनै तह मध्ये सबै भन्दा सक्रिय स्थानिय तहले पनि बन तथा बन्यजन्तुको संरक्षणमा आफ्नो भुमिका सक्रिय बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वती चौधरीले नगरपालिकाले आफ्नो दायरामा रहेर बन, बन्यजन्तु तथा पर्यापर्यटनमा लगानी गर्दै आएको जानकारी गराउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका उपप्रमुख चौधरीले पालिकाले समाजीक कार्यमा सम्बन्धित संघ सस्थासंग सहकार्य गरेर अगाडी बढ्ने बताउदै आफुले आउदो दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
जनहित उपभोक्ता समितिका सचिव पेशल कुमार मुल्मीको सहजीकरणमा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तिलकबहादुर श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिका सदस्य सुमित्रा कार्की (शोभा), चिनिमाया परियार, बडा नम्बर २ का वडा सदस्य बुद्धकुमारी अधिकारी, वडा नम्बर ३ का वडा सदस्य सुकुमाया विक, पर्सा राष्ट्रिय निकुञ्जका रेन्जर लक्ष्मी धिताल, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरिक्षक गोबिन्दलाल कर्ण, जनहित उपभोक्ता समितिका उपाध्यक्ष अनिता लम्साल, राधाकृष्ण उपभोक्ता समितिका अध्यक्ष चोलाबहादुर पण्डित, भुसहर्निमाई उपभोक्ता समितिका अध्यक्ष कुबेर न्योपाने लगाएतको उपस्थिती रहेको थियो ।