बिदुर खडका
डुमरवाना,जीतपुरसिमरा उपमहानगरपालिकाले संचालन गरिरहेको शैक्षिक सुधारका योजनाहरु अपाङ्गता भएका विद्यार्थीहरुको लागि भने लाभदायिक हुन सकेको गुनासो छ ।वडा नम्बर २ का कक्षा ८ पास गरेका हुईल चियर प्रयोगकर्ता आलोक साहले कक्षा ९ मा अध्ययन गर्नको लागि यस क्षेत्रकै नमुना विद्यालयको रुपमा रहेको नेरामवि सिमराको भवन अपाङ्गमैत्री नभएको कारण सहज पठनपाठन गर्न नसकेको बताउनुभएको छ ।सिमराको नमुनामा मावि कक्षा ९ को कक्षा कोठा माथिल्लो तलामा भएको कारण हुईल चियरमा जान नसकेको साह बताउनुहुन्छ । साहलाई अपाङ्ग संघ बाराका अध्यक्ष गंङ्गा वाग्लेको सहजीकरणमा अध्ययनको लागि काठमाण्डौ पठाउन लागेको साहकी आमाको भनाई छ ।
अध्यक्ष वाग्लेले यस क्षेत्रको विद्यार्थीहरु अपाङ्गमैत्री नभएको कारण हुईल चेयर प्रयोगकर्ता विद्यार्र्थीहरु पठनपाठनबाट वञ्चित भएको प्रतिक्रिया दिनुभएको छ ।

















