हालै नेपालमा सम्पन्न भएको आम चुनावमार्फत नेपालमा केही राजनीतिक शक्तिहरुको उदय भएको छ । उनीहरुको उदयसंगै कांग्रेस, एमाले र माओवादीको सिण्डीकेटमा रहेका नागरिकहरुले केही फरकपनको आशा पनि गरेका छन् । यही फरकपनको आशाका साथ उनीहरुले मत दिएको पनि देखिन्छ । खासगरी मधेसमा सिके राउत र जेलमा रहेका रेशम चौधरीको पार्टी तथा रवि लामिछानेको पार्टीलाई नागरिकहरुले मत दिएको देखिन्छ ।

नागरिकहरुले ठूला दलहरुको बद्मासीका कारण र मधेसवादी दलहरुको स्वार्थका कारण यिनीहरुलाई मत दिएको भएपनि यी राजनीतिक दलहरुको राजनीतिक एजेण्डाका बिषयमा भने कम बहस भएको देखिन्छ । जस्तै सिके राउतको पार्टीको स्पष्ट राजनीतिक दिशा अहिलेसम्म छैन । अब चाढै पार्टीले चाढै राजनीतिक कार्यदिशा तय गरोस नागरिकहरुले यही चाहना राखेका हुन् ।

कतिपय कुरामा रविको राष्ट्रिय स्वतन्त्र पार्टी पनि स्पष्ट छैन । संघीयता र गणतन्त्रको सवालमा र समानुपातिक र आरक्षण लगायतका बिषयमा रविको पार्टीको नीति के हो भन्ने स्पष्ट छैन । उसले नागरिकहरुको मत लिइसकेका कारण अब स्पष्ट पार्न जरुरी छ । जस्तै नागरिकहरुले राप्रपालाई पनि यसपाली मत दिएका छन् तर यो पार्टी पुरानै हो र उसको राजनीतिक दिशा भने स्पष्ट छ । यस्तै देशका सबै पार्टीहरुले आफ्नो पार्टीको राजनीतिक र सैद्धान्तिक विषयमा जनता सामु स्पष्ट पार्नु आवश्यक छ ।

 

Leave a Reply