रौतहट,रौतहटको राजपुरमा नेपाली काँग्रेस क्षेत्रीय समितिद्वारा मंगलवार सभाको आयोजना गरिएको छ ।
जिल्ला अदालत रौतहटले नेपाली काग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफताव आलम विरुद्ध राजपुर बम बिस्फोट मुद्दामा जन्मकैदको फैसल्ला सुनाएपछि नेपाली काँग्रेस रौतहट दुई नम्बर क्षेत्रीय समितिले मंगलवार राजपुरमा जनसभाको आयोजना गरेको हो ।

नेपाली काँग्रेसका जिल्ला स्तरीय नेताहरुले नेता आलमको समर्थन गर्दै अदालतको फैसलाप्रति असन्तुष्टि प्रकट गरेका छन । सभामा पार्टीका जिल्ला उपसभापती रामलोचन, सचिव रामचन्द्र गिरी लगायतका जिल्ला कमिटी सदस्यहरुको साथै रौतहटका नेपाली काँग्रेसका नेता एवं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।सभाका प्रमुख अतिथि नेता आलमका छोरा डा. फिर्दोष आलमले नेपाली जनताको लागि समर्पित रहेका आफ्नो परिवार हरेक समयमा निकै संघर्ष गर्दै यहाँसम्म आएको बताउदै पहिलो संविधान सभाको समयमा भए नभएका घटनाको दोषि ठहर हुने कुनै सामान्य प्रमाणसमेत नरहेको अवस्थामा जालझेल गरेर सजाय सुनाइएकोमा न्याय व्यवस्थाप्रति सर्वसधारणको विश्वास गुम्दै गएको पनि बताउनुभयो । बिना प्रमाण जन्मकैदको फैसला सुनाइएकोमा असन्तुष्टि जनाउदै उहाँले अफताब आलमविरुद्ध देशभित्र र बाहिरका शक्तिहरुले एकजुट भएर षडयन्त्र गरेको आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेसका सचिव रामचन्द्र गिरीले पूर्वमन्त्री आलम सहितका व्यक्तिलाई बिनाप्रमाण मुद्दा चलाएर कारागार चलान गरिएकोमा जनतालाई जानकारी दिने र रिहाइका लागि दबाब सिर्जना गर्ने उद्देश्यले वृहद जनसभाको आयोजना गरिएको बताउनुभयो ।पूर्वमन्त्री आलम निर्दोष रहेको र बाहिरी योजना अनुसार देशी विदेशी शक्तिको दवावमा कारागारमा राखिएको दाबी गर्दै बिना प्रमाण आलम विरुद्ध गरिएको अन्यायपूर्ण फैसलालाई पुर्नविचार गर्नुपर्नेमा सचिव गिरीले जिकिर गर्नुभयो । सभामा रामलोचन, शेख वकिल, डा. राजिक आलम, देवचन्द्र झा, हृदयनारायण यादव, रामश्रेष्ठ साह, क्षेत्रिय सभापति रामस्नेही यादवलगायत नेपाली काँग्रेसका नेताहरुले नेता आलमप्रति एक्युबद्धता जनाउदै अन्यायलाई न्यायलयले पुर्नविचार गर्नुपर्ने धारणा राखेका थिए ।

क्षेत्रीय सभापति शेख फैजुल्लाहको सभापतिमा सम्पन्न भएको उक्त वृहद जनसभा कार्यक्रमलाई तरुण दलका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य नौसाद आलमले संचालन गर्नुभएको थियो ।२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको अभियोगमा आलमविरुद्ध अदालतले जन्मकैदको फैसला गरेको छ । आलमले अहिले नख्खु जेलमा कैदीबन्दीको रुपमा जीवन यापन गरिरहेका छन ।१८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’ मा मुद्दा दायर भएको थियो ।

Leave a Reply