निजगढ,राप्रपाले भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारका दोषिमाथि कारबाहीको माग गर्दै बिहीवार निजगढमा प्रदर्शन गरेको छ ।राप्रपाका कार्यकर्ताहरुले पूर्वपच्चिम राजमार्गमा भेला भएर ¥यालीसहित प्रदर्शन गरेका हुन । ¥यालीमा सहभागीहरुले भ्रष्टचारीमाथि कारबाही गर्नुपर्ने भन्दै गणतन्त्रको पनि खरेज हुनुपर्ने माग गरेका थिए । ¥यालीपछि आयोजित कोण सभामा बोल्दै राप्रपा निजगढ नगर अध्यक्ष खडगप्रसाद उप्रेतीले भुटानी शरणार्थीहरुलाई अमेरिकामा पठाउने नाममा भएको भ्रष्टाचारमा संलग्न सबैमाथि कारबाही हुनुपर्ने बताउनुभयो । उहाँले निजगढबाट भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाण पत्र दिलाउन सिफारिस गर्नेहरुको पनि छानबिन गरेर कारबाही हुनुपर्ने माग गर्नुभएको छ ।झुटो विवरण तयार पारेर तत्कालिन गाविस कार्यालयको निजगढको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिने ३ जना भारतीय नागरिक काठमाण्डौंबाट पक्राउ परेपछि सिफारिसकर्तामाथि कारबाहीको हुन थालेको हो ।

















