काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा कोशीले तेस्रो जित निकालेको छ भने नेपाल पुलिस क्लबले बाग्मती युथ क्लबलाई हराएको छ ।ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आइतवार भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई ४–० गोलले हरायो । कोशीका लागि पूर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र प्रतीक्षा राईले समान एक गोल गरिन् ।
यो जीतसँगै कोशी ३ खेलमा ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । कर्णाली भने ३ खेलमा १ अङ्कसहित नवौं स्थानमा छ ।त्यसैगरी ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आइतवारनै भएको खेलमा पुलिस क्लबले बाग्मती युथलाई १÷० गोलले हराएको छ । पुलिसका लागि निर्मला उपाध्यायले गोल गरिन् ।
यो जीतसँगै पुलिस ३ खेलमा ७ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । बाग्मती युग ३ खेलमा ३ अङ्कसहित पाँचौं स्थानमा छ ।एन्फा महिला लिग फुटबलमा आइतवारदेखि तेस्रो चरणका खेल शुरू भएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।त्यसैगरी एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले लगातार तेस्रो जीत हात पारेको छ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।


















