राजन कुमार बानिया
पोखरिया ८ पर्सा,पर्साको पकहामैनपुर गाउँपालिकाका उपाध्यक्षका प्रतिनिधि र प्रमुख प्रसाशकीय अधिकृतले गाउँपालिकामा भईरहेको विकास निर्माण कार्यको अनुगमन गर्नुभएको छ ।गाउँपालिका उपाध्यक्ष प्रतिनिधि नसरुलाह मियाँ र प्रमुख प्रसाशकीय अधिकृत उदयशंकर चौधरीले वडा नम्बर ५ पोखरिया गाउँमा निर्माण भइरहेको देबी स्थानको मन्दिरको पर्खाल, कोठाको अनुगमन गर्नुभएको हो ।

टोलीले साथै सोही ठाउँ नजिक सार्वजनिक जमिन कब्जा गरी स्थानीयले भोगचल गरेको ७ कठ्ठा जमिन अतिक्रमण मुक्त गराई माटो पुरी ग्रेबल गर्ने योजनाको पनि अनुगमन गरेको छ । अनुगमन टोलीले उपाध्यक्षको योजनामा भईरहेको कामको अनुगमन गरेको हो ।अनुगमन टोलीमा उपाध्यक्षका प्रतिनिधि नसुरलाह मियाँ, प्रमुख प्रसाशकीय अधिकृत उदयशंकर चौधरी, सबईन्जिनियर पुनजय साह र लेखपाल निरंजन पटेल लगायतको सहभागी रहेका थिए ।

Leave a Reply