निजगढ, कलैया उपमहानगरपालिका फुटबल प्रतियोगिताको उपाधिका लागि न्यू जनजागृति युवा क्लब निजगढ र समाज विकास युवा क्लब कलैया भिड्ने भएका छन् ।भोडाहा खेल मैदानमा मंगलवार भएको दोस्रो सेमिफाइनल खेलमा जनजागृतिले नव जनप्रगति युवा क्लब करैयामाईलाई १÷० ले पराजित गर्दै कलैयासंगको भेट पक्का गरेको हो । कलैयाले नेपाली सेनाको ज्वाला दल गणलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ ।निजगढलाई फाइनलमा पुर्याउने क्रममा विक्रम लामाले निर्णायक गोल गरे । उनी प्लेयर अफ दि म्याच घोषित भए ।प्रतियोगिताको फाइनल खेल बिहीवार हुनेछ । कलैया उपमहानगरपालिकाको सहयोगमा नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद प्राप्त गर्नेछ ।

















