नरेश गुप्ता

बरियारपुर,नेपाल कम्युनिष्ट पार्टी एमालेको पोलिटब्युरो सद्स्य महेश बस्नेतले देशमा जनताको विश्वास जित्न सफल एउटामात्र पार्टी नेकपा एमाले भएको बताउनुभएको छ ।

नेकपा एमाले विश्रामपुर गाउँपालिका कमिटीको प्रथम गाउँपालिका अधिवेश कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएका बस्नेतले जेष्ठ नागरिक भत्तादेखि देशमा भ्रष्टाचार, महङ्गी र अनियमितताको विरुद्धमा जहिले पनि नेकपा एमालेले आवाज उठाएको बताउनुभयो । नेता बस्नेतले आगामी निर्वाचनमा राष्ट्रको सबैभन्दा ठूलो पार्टीको रुपमा नेकपा एमाले स्थापित हुने पनि ठोकुवा गर्नु भएको थियो ।

नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं महिला नेतृ ज्वालाकुमारी साहले एक÷दुई जनाले पार्टी छाडेर जादैमा पार्टीलाई कुनै असर नपर्ने बताउनुभयो । नेकपा एमाले विचार र सिद्धान्तको आधारमा चल्ने पार्टी भएकोले सबैको हक अधिकारलाई प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी विश्रामपुर गाउँपालिका अध्यक्ष धर्मदेव यादवको अध्यक्षतामा भएको अधिबेशनमा नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बलवीर चौधरी, नेकपा एमाले केन्द्रीय सदस्य एंव नेपाल मुस्लिम ईत्तेहाद संगठनका सहईन्चार्ज महमद समीर, प्रदेश कमिटी सदस्य अध्यानन्द पाण्डे, धुरी साह, अमर यादव, सोचन यादव, सिता सुबेदी, मोबिन आलम, अशोक तिवारी, उमेश गप्ता, उमेश कुशवाहा, पार्टी जिल्ला अध्यक्ष देवनारायण चौधरीलगायतले अधिवेशनको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अधिवेशनले विश्रामपुर गाउँपालिका पूर्वअध्यक्ष धर्मदेव यादवको अध्यक्षतामा ५१ सदस्यीय नेकपा एमाले गाउँ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा सागिर महमद, सचिवमा गणेश पासवान, ससचिवमा रामनिवाश गुप्ता, प्रदेश प्रतिनिधिमा रामनिवास गुप्ता, शेषनाथ गुप्ता, सियाराम गुप्ता र सुनिलप्रसाद गुप्तालगायत रहेका छन ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष पुरुषोतम साह, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य तथा नेकपा एमाले जिल्ला सदस्य रुस्तम अंसारी, पप्पु साहलगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । सो अवसरमा जनता समाजवादी पार्टीबाट गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बन्नु भएकी अनर्वादेवी लगायत विभिन्न पार्टी परित्याग गरि करिव चार सयभन्दा बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here