निजगढ,नेकपा एमाले निजगढ वडा नम्बर १२ को चौथो वडा अधिवेशन सोमबार सम्पन्न भएको छ ।

अधिवेशनबाट युवक मोक्तानकोे अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । वीर सिंह लामाको अध्यक्षतामा भएको सो अधिवेशनको उद्घाटन एमाले नेता एंव खेलकुद तथा युवा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा एमाले बारा जिल्ला कमिटी सदस्य एकबहादुर श्रेष्ठ, जिल्ला सल्लाहकार समितिका सदस्य अम्बिका चौलागाई, जनसास्कृतिक महासंघका केन्द्रीय सदस्य रामकृष्ण घिमिरे, निजगढ नगर कमिटी अध्यक्ष दिलबहादुर लामा, नगर कमिटी सदस्य सिताराम खतिवडालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन युवक मोक्तानले गर्नुभएको थियो । वडा नम्बर १२ को अधिवेशनसंगै एमालेले निजगढ नगरका सबै १३ वटै वडाहरुमा अधिवेशन सम्पन्न गरेको हो ।

Leave a Reply