जीतपुर,बाराको जीतपुरमा स्वामी विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा २०८१ सम्पन्न भएको छ ।विद्यार्थीहरुलाई संस्कृत सम्बन्धि ज्ञान दिने उदेश्यले हिन्दू स्वयंसेवक संघ नेपाल बाराले जीतपुरमा स्वामी विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा २०८१ सम्पन्न गरेको हो ।कार्यक्रममा विवेकानन्द सम्बन्धि पुस्तकको अध्ययन पश्चात सो पुस्तकसंग सम्बन्धित परीक्षा लिइएको थियो । परीक्षामा विभिन्न विद्यालयबाट ४ सय ५० जना विद्यार्थीहरू सहभागी भएका आयोजकले जनाएको छ ।
परीक्षामा एभरग्रिन स्कुल जीतपुरका युवराज प्रथम, दिपांशु तिवारी दोस्रो र अलिसा चौधरीले तेस्रो स्थान हासिल गरेकाछन ।
परीक्षामा ११ जनाले सन्त्वना पुरस्कार स्वरूप नगद रू पाँच पाँच सय प्राप्त गरेकाछन । कार्यक्रमका संयोजक सन्दिप साहको अध्यक्षता सम्पन्न भएको स्वामी विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा २०८१ को प्रमुख अतिथि समाजसेवी एंव वरिष्ठ डा. रबिन्द्र सिंह रहनुभएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।













