निजगढ,सामुदायिक रेडियो प्रशासक संघ (अकोराब) प्रदेश २ का सचिव अच्युत पौडेलले प्रदेशभित्रका सामुदायिक रेडियोहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण सुरु गर्नुभएको छ । सचिव पौडेलको पहलमा बुधवार बारा, रौतहट, सर्लाही र महोत्तरीका सामुदायिक रेडियोहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको हो । प्रदेश सचिव पौडेल र प्रदेश कोषाध्यक्ष वसन्त शर्माले सामुदायिक रेडियोहरुमा पुगेर फेस सेड, सेनिटाइजर र मास्क वितरण गर्नुभएको छ ।

अन्य जिल्लाका रेडियोहरुलाई भने बिहिवार स्वास्थ्य सामग्रीहरु वितरण गरिने प्रदेश कोषाध्यक्ष शर्माले जानकारी दिनुभयो । प्रदेश २ का ८ जिल्लाहरुमा रहेका सामुदायिक रेडियोहरुलाई झण्डै दुई लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिने उहाँले बताउनुभयो ।

कोरोनाको महामारीका बाबजुद पनि नागरिकलाई सुसूचित पार्ने काममा सक्रिय रहदै आएका रेडियोकर्मीहरुको लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको सचिव पौडेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here