राजन कुमार बानिया
पोखरिया १ जेठ,पर्साको छिपहरमाई गाउँपालिकास्तरीय मेयर कप २०८१ टी– २० क्रिकेटको उपाधि बिन्दबासनी गाउँपालिकाको क्रिकेट क्लबले जितेको छ ।मंगलवार सम्पन्न फाइलनमा पकहामैनपुर क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गर्दै बिन्दाबासनी गाउँपालिकाले उपाधि चुमेको हो ।
पकहामैनपुर क्रिकेट क्लबले टस जितेर पहिला ब्याटिङ गर्दै १९ ओभरमा अलआउट हुँदै १२४ रन बनाएको थियो । बिन्दबासनी क्रिकेट क्लबले १४ ओभर ५ बलमा ५ विकेटको क्षतिमा १२५ रन बनाएर उपाधी आफ्नो बनाउन सफल भएको हो ।खेलको म्यान अफ दि म्याच बिन्दबासनीका प्रबिन कुमारले २४ बल मा ३६ रन बनाउनु भएको थियो ।
उपविजेता पकहामैनपुरका बिजयकुमार प्रतियोगिता अवधिभर १०६ रन र सात विकेट हासिल गर्दै म्यान अफ द सिरिज बन्न सफल हुनुभयो ।विजेता टिमलाई ३१ हजार नगद र सिल्ड गाउँपालिका उपाध्यक्ष लिलावती देबी कानुले वितरण गर्नुभयो भने उपविजेतलाई २१ हजार नगदर र ट्रफी वडा अध्यक्ष मौजीलाल साह कानुले वितरण गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा फाइनलको म्यान अफ द म्याचलाई पनि पुरस्कार वितरण गरिएको छ ।
प्रमुख अतिथि रहनुभएकी गाउँपालिका उपाध्यक्ष लिलावती देबी कानुले युवाहरुले खेलकुदमा रुची देखाएकाले आगामी दिनमा पनि गाउँपालिका खेलाडीहरुको लागि सहयोग गर्न तत्पर रहेको बताउँनुभयो ।
गाउँपालिका– ५ भिस्वामा रहेको खेल मैदानमा भएको मेयर कप टी–२० क्रिकेट प्रतियोगिता गाउँपालिका वडा नम्बर ५ भिस्वाका वडाध्यक्ष मौजीलाल साह कानुको अध्यक्षतामा भएको खेलमा नेपाली कांग्रेसका नेता किशोरी साह कानु, वडा अध्यक्ष दिपेन्द्र सिंह, बिओपी भिसणवाका प्रमुख दिपकराज बस्नेत, भिस्वा चौकीका प्रमुख सुरेन्द्र, शिक्षक प्रभु गिरी, सुरेश साह, स्वास्थ्य संयोजक शनीकुमार साह, कार्यपालिका सदस्य, महिला सदस्य, विद्यालयका शिक्षकलगायतको सहभागिता रहेको थियो ।छिपहरमाई गाउँपालिकाको सहयोग र युवा समाज भिस्वा क्रिकेट क्लबको आयोजनामा सम्पन्न मेयर कप टी– २० क्रिकेट प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको आयोजक मनोज पटेलले जानकारी दिनुभयो ।


















