नरेश गुप्ता
बरियारपुर,सिम्रौनगढ नगरपालिकाको नवनिर्वाचित नगर प्रमुख किशोरीप्रसाद कलवारले कार्यालयले नगरबासीको आधारभुत आवश्यकता पुरा गर्ने गरी काम गर्ने बताउनुभएको छ ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ स्थित श्री कंकाली माध्यमिक विद्यालयको थप भवन निर्माण कार्यको शिलान्यास गर्दै उहाँले सिम्रौनगढबासीको आधारभुत आवश्यकता शिक्षा, शिक्षा, सडक र कृषि उत्पादनलाई मध्य नजर गर्दै आफु सबै वडाहरुमा विधमान समस्या र चुनौतीलाई समाधान गर्न अगाडि बढेको जानकारी दिनुभयो ।
सिम्रौनगढको विकास र समृधिको लागि नगर प्रमुख साहले नगरबासीको घरदैलोमा पुगेर समस्याहरुको अवलोकन गर्ने गरेको जानकारी दिनुभयो । सिम्रौनगढ नपा ८ कचोर्वास्थित शनिबार सार्वजनिक सुनवाइ कार्यक्रम राखेर नगर प्रमुखले प्रत्यक्ष रुपमा जनताको गुनासो, सल्लाह र सुझाव लिएको र त्यसको समाधानतर्फ नगरपालिकाले पहल गर्ने समेत प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
नगर प्रमुखमा निर्वाचित भइसकेपछि उहाँ कार्यालयभन्दा बढी जनतासंगको भेटघाटमा रहदै आउनुभएको छ ।
सिम्रौनगढ ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाले भरिएको नगर भएकोले त्यसको संरक्षण तथा सम्वद्र्धन गर्ने समेत उहाँले बताउनुभयो । सिम्रौनगढलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभएको छ ।