वीरगन्ज,पर्सा प्रहरीले करणी र करणी प्रयासको छुट्टाछुट्टै घटनामा २ जनालाई नियन्त्रणमा लिएको छ । १५ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ७ फुलबरिया निवासी २० बर्षीय कृष्ण पटेललाई प्रहरीले बिहिवार राति पक्राउ गरेको हो ।

परिवारका सदस्यहरु सुतिरहेको मौका छोपी बालिका सुत्ने कोठामा प्रवेश गरी धाकधम्की दिएर पर्सागढी नगरपालिका वडा नम्बर ६ चैनपुर बस्ने कमलेश सहनी ढोकामा कुरुवा राखेर पटेलले जबरजस्ती करणी गरेको भन्ने उजुरी बालिकाका बुबाले दिएपछि खोजी थालेको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यसैगरी पर्सा प्रहरीले जबरजस्ती करणी प्रयास गरेको आरोपमा अर्का १ जनालाई पक्राउ गरेको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ बस्ने २५ वर्षीय सुरेन्द्र भनिने अब्दुल्लाह अन्सारीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । श्रीमान कामको शिलशिलामा घर बाहिर रहेको मौका छोपी सुत्ने कोठाको झ्यालबाट प्रवेश गरी आपराधिक बल प्रयोग गरी जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अन्सारीविरुद्ध ५ दिनको म्याद थपी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here