नरेश गुप्ता

बरियारपुर,नेपाल परिवार दलको दोस्रो बारा जिल्ला अधिवेशन कलैयामा बुधबार सम्पन्न भएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष एवं पुर्व मन्त्री एकनाथ ढकालले भर्चुअल माध्यमले उदघाटन गर्दै नेपाल परिवार दललाई अगाडि बढाउन पार्टीमा युवा नेता÷कार्यकर्ताहरुको खाँचो रहेको बताउनु भयो ।

देशको युवा जनशक्ति बिदेशमा पलयन हुनु पर्ने बाध्यताको अन्त्य गर्न स्वदेशमा रोजगारी सृजना गर्ने पनि परिवार दलको उदेश्य रहेको उहाँले बताउनुभयो ।

राष्ट्रको संवृद्धिको लागि आगामी स्थानीय तहको चुनावमा पार्टीका उम्मेदवारहरुलाई स्थानीय तहमा विजयी तुल्याउन पनि उहाँले आग्रह गर्नुभयो ।

पार्टीका केन्द्रीय पर्यवेक्षक पल्टन कुर्मीले उपस्थितिमा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले रामचन्द्र चौधरीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ दलको उपाध्यक्षमा ब्रहमदेव यादव, कोषाध्यक्ष गिता ठाकुर, सचिव अच्छेलाल राम, सहसचिवमा गान्धीकुमार, सदस्यहरुमा डा. संजय गिरी, जोधन ठाकुर, शिवशंकर चौधरी, गजेन्द्र चौधरी, उपेन्द्र सराफ, डोमही साह लगायत रहेका छन । नेपाल परिवार दलको तेस्रो महाअधिवेसन आगामी मंसिर ३ र ४ गते हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here