निजगढ,बारा प्रहरीले १ करोड ४६ लाख ७९ हजार बराबरको अवैध समानसहित ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजमा ट्रकहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाईभन्दा बढी समानको स्रोत खुलाउन नसकेको

अन्दाजी १ करोड ४६ लाख ७९ हजार ७ सय ६८ रुपैयाँ बराबरको सामानसहित ट्रकमा ट्रक नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराले आइतवार वीरगञ्जबाट हेटौडातर्फ जाँदै गरेको ना ५ ख ७९२७ नम्बरको ट्रकमा लोड गरेको लेडिज सुट, धागो, जारी दाना, प्रिन्ट कपडा, माला लकेट, मेटल धुरा र अन्य खुद्र समानहरू गरी ६६ लाख ९० हजार ४२९ रूपैया बराबरको समान र वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ८ ख २७१९ नम्बरको ट्रकमा लोड गरेको मोबिल, वेडसिट कपडा, स्टेशनरी, मोटर पार्टस, वेकरी आईटम र अन्य खुद्र समानहरू गरी ७९लाख ८९ हजार ३३९ रूपैया बराबरको सामान बरामद गरेको हो ।

नियन्त्रित ट्रकहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव निरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply