निजगढ,कलैयामा मंगलवार भिषण वर्षा भएको छ । मंगलवार साँझसम्मको पछिल्लो २४ घण्टामा कलैयामा देशभरमै सबैभन्दा बढी वर्षा मापन भएको छ । जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार कलैयामा ६६.७८ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले कलैयामा भएको उक्त वर्षा मंगलबार मापन गरिएको मध्येकै उच्च रहेको जनाएको छ । विभागका अनुसार दिउँसो ३.५ बजेदेखि साँझ ५.३५ बजेसम्म कलैया क्षेत्रमा ६७.८ मिलिलिटर बर्षा भएको छ । पछिल्लो २४ घण्टामा देशभर भएको वर्षामध्ये कलैयामा अढाई घण्टामा भएको वर्षा उच्च देखिएको छ ।कलैयामा देशभरकै उच्च वर्षा हुँदा सिमरामा भने ४.४ मिलिलिटर वर्षा भएको विभागको तथ्यांकले देखाउछ । निजगढमा १२ मिलिलिटर वर्षा भएको छ । उता वीरगञ्जमा ४५.४ मिलिलिटर वर्षा भएको विभागले जनाएको छ ।

अत्यधिक गर्मीका प्रभावित बनेका सर्वसाधारणलाई मंगलवारको वर्षाले राहत मिलेको छ । लामो समयदेखि वर्षा नहुँदा र चर्को गर्मीका कारण जनजीवन प्रभावित बनेको थियो । दिउँसो आएको वर्षापछि बारासहित तराईका केही जिल्लामा तापक्रम घटेको छ ।अहिले बागमती र मधेस प्रदेशका पश्चिमी भूभागमा पानी परिहरहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । उहाँले भन्नुभयो, “पश्चिमी र स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । बागमती र मधेस प्रदेशका पश्चिमी भू–भागमा पानी परिरहेको छ ।’’आगामी तीन दिन नै देशको मौसम आंशिकदेखि साधारणतया बदली हुने सम्भावना रहेको उहाँको भनाई छ ।यसैबीच काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १.१ मिलिमिटर मात्र वर्षा भएको€छ । मौसमविद् प्रधानाङ्गका अनुसार काठमाडौंमा हावाहुरी चले पनि पर्याप्त मात्रामा वर्षा हुन सकेको छैन ।उपत्यका मंगलवार राति र बुधवार पनि हल्का वर्षाको सम्भावना रहेको उहाँको भनाई छ । प्रि मनसुन सुरु भएकाले साँझपख मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उहाँको भनाई छ ।

Leave a Reply