सेढवा,पर्साको सबैया साझेदारी वन क्षेत्रबाट सालको काठसहित तीन थान साईकल बरामद भएको छ ।
सब डिभिजन वन कार्यालय बडनिहार र बिन्दबासिनी कोईलाभार साझेदारी वन समुहको संयुक्त वन गस्ती टोलीले सालको काठसहित तीन थान साईकल बरामद गरेको हो ।

जमदार जितबहादुर तामाङ्गको कमान्डमा खटेको टोलीले साईकलमा लोड गरी ल्याउदै गरेको अवस्थामा काठ बरामद गरेको हो । बरामद काठसहित साईकल आवश्यक कारवाहीको लागि सब डिबिजन वन कार्यालय बडनिहारमा राखिएको छ । वन गस्ती टोलीलाई देखेर तस्करहरु साईकल र काठ छोडेर फरार भएको बिन्दबासिनी कोईलाभार साझेदारी वन समितिका वनरक्षक लक्ष्मण श्रेष्ठले बताउनुभयो ।

Leave a Reply