पुष्पराज खतिवडा
मनहर्वा,पुर्पक्षको लागि थुनामा रहेका व्यक्तिहरू छुटाईदिन्छु भनी रकम गठी गर्ने एक जनालाई पक्राउ गरी प्रहरीले बुधवार सार्वजनिक गरेको छ ।जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर २३ बैराठपुर बस्ने २५ वर्षका सहदेव पटेल ठगी आरोपमा गत बैशाख ४ गते पक्राउ परेका हुन् ।

पटेलले अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी कसुर मुद्दामा पुर्पक्षको लागि कारागार कार्यालय पर्सा वीरगञ्जमा रहेका दुईजना व्यक्तिलाई छुटाईदिन्छु १७ लाख रुपैंया ठगी गरेको आरोप छ ।पटेललाई अपहरण तथा शरीर बन्धक कसुरदारका आफन्तसँग १० लाख र अर्को जबरजस्ती करणी कसुरदारका आफन्तसँग ७ लाख लिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मुद्दाको पुर्पक्षमा रहेको व्यक्ति छुटाईदिन्छु भनी रकम लिएर ठगी गरेको भन्दै पुर्पक्षमा रहेका व्यक्तिका आफन्तहरुले दिएको जाहेरीको आधारमा उनी पक्राउ परेका हुन् ।पक्राउ परेका पटेल विरुद्ध ठगी मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
पटेलले यस्तो किसिमको ठगी अन्य व्यक्तिहरूसंग पनि गरेको हुनसक्ने भएकोले ठगीमा परेका व्यक्तिहरूले प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिन पनि डिएसपी न्यौपानले अनुरोध गर्नुभएको छ ।

Leave a Reply