काठमाडौं ।
निर्देशक अनिल बुढा मगरले फिल्म **‘मितज्यू’**को छायांकन सकिसकेका छन्। उनले सुटिङ थालेको एक महिनामै फिल्मको सम्पूर्ण छायांकन पूरा गरेका हुन्।

वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरु भएको थियो। सुटिङ एक महिनामै सम्पन्न भएको निर्माता जनक घर्ती मगरले जानकारी दिए। उनका अनुसार कलाकार र प्राविधिक पक्षले सहज तरिकाले काम गरेपछि तोकिएकै समयमा फिल्मको सुटिङ पूरा भएको हो।

यो फिल्म सामाजिक कथावस्तुमा आधारित छ। दाङ र रोल्पाका विभिन्न स्थानमा छायांकन भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारको अभिनय रहनेछ।

यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्। निर्देशक अनिल बुढा मगरले फिल्मको छायांकन रमाइलो गरि नै सकिएको बताए। सबै पक्षको जोडबलका कारण एक महिनामै फिल्म खिच्न सफल भएको उनको भनाइ छ।

निर्देशक मगरको यो दोस्रो फिल्म हो। यसअघि उनले ‘घरज्वाइँ’ निर्देशन गरेका थिए जुन फिल्म सफल भएको थियो।

फिल्मका प्रमुख जिम्मेवारीहरू:

  • प्रोडक्सन म्यानेजर: धन बहादुर राई

  • मुख्य सहायक निर्देशक: फिरोज खड्का

  • सहायक निर्देशक: अनिल दाहाल, सञ्जु नेपाली, एल्मिना राई

  • प्रोडक्सन डिजाइनर: किशोर नेपाल

  • ड्रेस डिजाइनर: संगीता रोका मगर, प्रतीक्षा भाट क्षेत्री

  • सम्पादक: लोकश बज्राचार्य

  • छायाकार: शिशिर बिशंखे

  • कार्यशाला: भोलाराज सापकोटा

  • द्वन्द्व निर्देशक: प्रभात विष्ट

  • साउन्ड डिजाइनर: नवीन श्रेष्ठ

  • संगीत: श्रीकृष्ण बम मल्ल

  • गीत: श्रीकृष्ण बम मल्ल, मेलिन राई, लक्ष्मी मल्ल

फिल्म जेठ १५ बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।

Leave a Reply