निजगढ,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निजगढको वडा नम्बर १, २ र ३ को वडा अधिवेशन शुक्रवार सिङ्गौलमा सम्पन्न भएको छ ।वडा नम्बर २ स्थित सभा हलमा सम्पन्न अधिवेशनबाट वडा नम्बर १ को अध्यक्षमा चनमति थापा, उपाध्यक्षमा धनमाया कार्की, सचिव चेतबहादुर खत्री, कोषाध्यक्ष सिर्जना कार्की, सहसचिव सुनिता भण्डारीसहित १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

त्यसैगरी वडा नम्बर २ को अध्यक्षमा रेजिना सापकोटा, उपाध्यक्षमा रिता राई, सचिव हिरा विक, कोषाध्यक्ष दुधलाल स्याङ्तान, सहसचिव चन्द्रबहादुर मगरसहित १५ सदस्यीय वडा कार्यसमिति गठन भएको हो ।त्यस्तै वडा नम्बर ३ को अध्यक्षमा भने घनबहादुर लो छानिुभएको छ । अधिवेशनले उपाध्यक्ष रूपबहादुर घलान, सचिव मानबहादुर वाइबा, कोषाध्यक्ष राजु हुमागाईसहित ११ सदस्यीय समिति चयन भएको छ ।राप्रपा निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य विनोद भारती रहनुभएको थियो ।

कार्यक्रममा मधेस प्रदेश सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य शेषा सापकोटा, किसान संगठनका केन्द्रीय सदस्य निर्मल खड्का, क्षेत्र नम्बर १ क प्रदेश अध्यक्ष भक्त दर्लामी, बारा जिल्ला निर्वाचन समितिका सदस्य नेत्रप्रसाद गौतमलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन राप्रपा निजगढ नगर प्रवक्ता केशव राउतले गर्नुभएको थियो भने स्वागत मन्तव्य राप्रपा वडा नम्बर १ का अध्यक्ष हिरा विकले व्यक्त गर्नुभएको थियो ।

Leave a Reply