नरेश गुप्ता
बरियारपुर,
बारा जिल्लाको फेटा गाउँपालिका वडा नम्बर ७ गमहरियाका बाबु र छोरा वीरगन्जस्थित रमेश प्लास्टिक स्टोरको नाममा नक्कली बिल बनाएर ३ लाख ५० हजार रुपैया ठगी गरी फरार भएका छन । बिगत चार महिना स्टोरमा काम गर्दै आएका लालबाबु श्रीवास्तव र छोरा राजेशले स्टोरको नाममा नक्कली भिल भरपाई तयार पारी बारा र पर्सा जिल्लाका विभिन्न पसलबाट रकम संकलन गरेर फरार भएको स्टोर मालिक पुनितलाल साहले बताउनुभयो ।
पसलमा आफु नभएको मौका पारेर बाबुछोरा मिलेर नक्कली बिलमार्फत बारा, पर्सा र रौतहटलगायत अन्य जिल्लाका पसलमा आफनो बाँकी रकम संकलन गरेको पाइएको पसल संचालक साहले बताउनुभयो । उनीहरुले प्रकाश स्टोर डुमरवाना, नवीन मोटर पार्टस पथलैया, रोशन भगत जितपुर, रेखा बिजुली पसल परवानीपुर, प्रकाश स्टोर सिम्रौनगढ लगायतका पसलबाट रकम संकलन गरेका हुन । पसलबाट रकम संकलन गरेर फरार बनेका उनीहरु विरुद्ध खोजतलासको लागि साहले वडा प्रहरी कार्यलय बिर्ता, वीरगन्जमा उजुरी दिनुभएको छ ।