मधेश प्रदेशको कुरा गर्दा वीरगन्ज एकमात्र महानगर भएकाले यहाँको बढी चर्चा हुनु स्वभाविक भए पनि गत बैशााख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा बिजयी भएका जनप्रतिनिधिहरुले भने आफू निर्वाचित भएपछिको हनिमुन समय अथवा एकसय दिन मनाएका छन् । यो बीचमा काठमाडौं, धरान र वीरगन्ज सहितका केही ठाउँका मेयरहरु चर्चामा पनि आए ।

वीरगन्जका मेयरले पत्रकार सम्मेलन गरी आफूले एकसय दिनमा उलेख्य काम गरेको दाबी गरे । तर उनले गरेको दाबीका बीचमा वीरगन्जको अवस्था कुन ठाउँमा छ सहज रुपमा अनुमान लगाउन सकिन्छ यद्यपि यो एक सय दिनमा वीरगन्जमा केही हुँदै नभएको पनि होइन । वीरगन्जका मेयरले जुन गतिमा काम गर्ने लक्ष्य लिएका छन्, त्यसलाई निरन्तता दिन भने आवश्यक छ ।

बाराको कुरा गर्ने हो भने कुनै पनि पालिकाले यो सय दिनको अवधिमा उलेख्य काम गरेको बताउन सकेका छैनन् । प्रचार गर्नुभन्दा पनि काम गर्नु महत्वपूर्ण कुरा हो र काम गरेपछि प्रचार गर्नु पनि जायज कुरा हो । बाराको कलैया र जीतपुर सिमरा उपमहानगरपालिका सहित अन्य नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिहरुले पनि कम्तीमा आफूले गरेको कार्य प्रगति सार्वजनिक गर्ने कि ?

Leave a Reply