निजगढ,नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अच्युत मैनालीको टोलीले आज व्बधबबिपनि निजगढमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गर्नुभएकोे छ ।उम्मेदवार मैनालीसहित एमाले कार्यकर्ताहरुको टोलीले निजगढ नगरपालिकाको वडा नम्बर १० र १२ का विभिन्न टोलहरुमा चुनावी घरदैलो गरेको हो ।
घरदैलोमा उम्मेदवार मैनालीसहित एमालेको समानुपातिकतर्फकी उम्मेदवार अन्जु नेपाली, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, एमाले निजगढ नगर पार्टी अध्यक्ष तिलक घलानलगायतका नेता कार्यकर्ताहरू सहभागी बनेका थिए । कार्यकर्ताहरुले नाचगानसहित चुनावी घरदैलो गरेका हुन ।मैनालीले भोलिबाट कोल्हबी नगरपालिका क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम रहेको निर्वाचन परिचालन समिति निजगढका संयोजक सुदर्शनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।उहाँका अनुसार कोल्हबी क्षेत्रमा घरदैलो सकिएपछि एमाले उम्मेदवार मैनालीले निजगढको बाँकी वडाहरुमा घरदैलो गर्ने कार्यक्रम रहेको छ ।



















