पुष्पराज खतिवडा
मनहर्वा,
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को प्रशासनिक भवनको आइतवार एक कार्यक्रमकाबीच उद्धाटन गरिएको छ ।कूल ६२ लाख ६० हजार रुपैंयाको लागतमा वडाको बडहर्वामा निर्माण भएको आठ कोठाको दुई तले भवनको जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्धाटन गर्नुभएको हो ।प्रशासनिक भवन उद्धाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले भवन मात्रै सबै थोक नभएको भन्दै भवन भित्रबाट पाउने सेवा महत्वपूर्ण हुने बताउनुभयो । ‘भवन त बन्यो । यो सबै थोक होईन, उहाँले भन्नुभयो, यहाँबाट प्रवाह हुने सेवाले जनताको मन जित्न सक्नुपर्छ । यसपछि मात्रै भवनले सार्थकता पाउने छ ।’
यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले राज्यको संरचनाले व्यवस्था गरे अनुरुप सिंहदरबारको सेवा गाउँसम्म ल्याउने माध्यमको रुपमा रहेको वडा समितिको प्रशासनिक भवन अत्यावश्यक भएको बताउनुभयो । पछिल्ला केही वर्ष कलैया र जीतपुरसिमरा उपमहानगरका दुई वडा कार्यालय एउटै साँघुरो भवनमा रहेर काम गर्नुपर्दाको कठिनाई भवन निर्माणपछि अन्य भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।स्तनपान कक्षसहित अपाङ्गमैत्री वडाको प्रशासनिक भवन उद्धाटन समारोहमा वडाको विकासमा योगदान गरेका आधा दर्जन व्यक्तिहरुलाई सम्माान पनि गएिको छ ।
कार्यक्रममा पूर्ववडा अध्यक्ष अर्जुनप्रसाद दाहाल, स्थानीय महिला स्वयमं सेविकाबाट अवकाश लिनुभएका तारा बस्नेत र कलावती श्रेष्ठ, सरकारी सेवामा नाम लिकाल्न सफल शाखा अधिकृत ईजिनियर निकीता गौतम, आईसिटिसी रामरुकपणी परोपकारी नीजि गुठी संस्थान र वडा सचिव सिमा उप्रेतीलाई सम्मान गरिएको हो ।यसअघि वडा कार्यालय साविक मनहर्वा गाविसको भवनमा संचालन हुँदै आएको थियो । सो भवनमा कलैया उपमहानगरपालिका वडा नम्बर २४ को कार्यालय र जीपुरसिमराको १८ वडा कार्यालय संचालनमा थिए ।तत्कालिन अवस्थामा गाविसभरिका जनतालाई पायक पर्ने स्थानमा निर्माण गरिएको भवन कलैया २४ ले आफ्नो दावी गर्दै छाडन आग्रह गर्दै आएको थियो । वडाको दक्षिणी भेगमा कार्यालय हुँदा जीतपुरसिमरा १८ वडाका जनतालाई सेवा लिन अपायकसमेत थियो ।
त्यसैगरी एकै भवनभित्र दुई वटा कार्यालयका कारण साधुरो स्थानबाट सेवा प्रवाहमा कठिनाई हुन थालेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नम्बर १८ को बडहर्वामा कार्यालयले २०७७-०७८ बाट सो भवन निर्माणको काम शुरु गरेको थियो ।
उद्धाटन भएको वडा प्रशासनिक भवनको माथिल्लो तला घेराबारा गर्न बाँकी रहेको छ । कार्यालयलाई संचालनमा ल्याइए पनि धेरै काम गर्न बाँकी रहेको वडा अध्यक्ष चतुरबाबु वाग्ले बताउनुभयो ।वडा कार्यालय भवन उद्धाटन समारोहमा गाविस पूर्वअध्यक्ष रामदयाल चौधरी, पूर्ववडा अध्यक्ष अर्जुनप्रसाद दाहाल, हरिलाल चौधरी, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाक िअध्यक्ष नयनकला खड्का, स्थानीय अगुवा पूर्णहरी केसी, विमलराज भारती, कुमार लामा लगायतको सहभागिता थियो ।वडा अध्यक्ष चतुरबाबु वाग्लेको अध्यक्षता, वडा समिति सदस्य ईन्धीर चौधरीको स्वागत एवं वडा सचिव सिमा उप्रेतीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।
















