तत्कालिन नेकपाको सरकार हुँदा सन् २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरिएको थियो ।नेपालमा पर्यटनहरु भित्राएर देशलाई समृद्धिको यात्रामा अगाडि बढाउने तत्कालिन सरकारको योजनामा कोरोना भाइरसले तगारो लगाइदिएपछि पर्यटक भित्राउने उक्त सालको योजना असफल भएको थियो । नेपाल पर्यटन प्रवद्र्धनका हिसावले निकै महत्वपूर्ण देश हो । लाखौं आन्तरिक तथा बाहिरी पर्यटन प्रवद्र्धनबाट कयौं स्थानीय तहरुले समेत लाभ लिन सक्ने अवस्था छ ।तर, पर्यटन प्रवद्र्धनका लागि नीतिको अभाव देखिन्छ । कोरोनाका कारण लामो समय वीरगञ्ज नाका बन्द हुँदा पनि पर्यटन प्रवद्र्धनमा समस्या सृजना भएकै हो । कोरोनाका कारण थलिएको पर्यटन व्यवसायले अहिले अलिअलि गति लिने प्रयास गर्दैछ । यही क्रममा बुधवार पर्यटन दिवस पनि मनाइएको छ । नेपाल छिर्ने बिदेशीहरुलाई स्वागत गरेर यो दिवस मनाइएको छ ।खासगरी पर्यटक भनेका भारत बाहेकका व्यक्तिहरु मात्रै होइनन् । तर भारतीय नागरिकहरु नेपालका मुख्य पर्यटक भने अवश्य नै हुन् । यो कुरा सबैले बुझ्न आवश्यक छ । भारतीयहरु नेपालमा घुम्न आए भने गाली गर्ने परिपाटीको अन्त्य हुन जरुरी छ ।स्थानीय सरकार र प्रदेश सरकारले समेत पर्यटन प्रवद्र्धनका लागि नीति बनाएइको खण्डमा मात्रै आफ्ना गाउँठाउँको पर्यटकीय स्थलहरुको विकास भइ पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्नेछ ।