नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको भ्रमणमा जानु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा भारत जान लागेका प्रधानमन्त्री देउवाका लागि भ्रमणलाई सफल बनाउनुपर्ने नैतिक दायित्व छ ।

दुई देश एक–अर्काका असल छिमेकी भएपनि नेपाल–भारतबीच समस्या नै नभएको भने होइन– यद्यपि समस्याका तुलनामा समाधान नै बढी होलान् । भारतबाट अंगे्रेजको उपनिवेश धपाउन नेपालले ऐक्यवद्धता जनाएको थियो भने नेपालमा राणाशासन अन्त्य गरेर प्रजातन्त्र ल्याउन भारतले नेपाललाई सघाएको थियो ।

रोटी–बेटीको सम्बन्धमा रहेका यी दुई मुलुकबीच पछिल्लो समय आर्थिक सम्बन्धले सर्वाधिक प्रभाव जमाएको छ । नेपाल र भारतबीच लामो समयदेखि सीमा बिवाद रहँदैआएको छ । नेपाली भूभाग भारततर्फ परेको भन्दै नेपाल पक्षले लामो समयदेखि आवाज उठाएको भएपनि त्यसको सम्बोधन हुन सकेको देखिदैन । नेपाललाई भारतले आफ्नो असल छिमेकी भनेर पटक–पटक भनेपनि व्यवहारमा भने ‘ठूल्दाइ’ को संस्कार पालेको देखिन्छ ।

लामो समयदेखि विवादमा रहँदै आएको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारत नेपालसँग असन्तुष्ट छ । यद्यपि नेपाल चाहिं असन्तुष्ट हुनुपर्ने हो, तर उसको असन्तुष्टि बढी देखिनु आफैमा विडम्बना छ । तर जे भएपनि यस पटक नेपालका प्रधानमन्त्री देउवाको भ्रमणमा यो विषयमा पनि नेपालले स्पष्टसंग कुरा राख्नु पर्ने हुन्छ । अन्यथा यति ठूलो विषयमा विवाद समधान नगरी अब नेपाल र भारतबीचको सम्बन्ध सुदृढ तुल्याउने कुरा चुनौतिपूर्ण हुने छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here