बारा,भारतबाट भन्सार छलेर नेपाल ल्याउदै गरेको १४ लाख मूल्य बराबरको गुट्खा प्रहरीले बरामद गरेको छ । पथलैया(वीरगन्ज व्यापारिक मार्ग अन्तर्गत नितनपुरबाट शुक्रवार प्रहरीले रजनीगन्धा गुट्खा बरामद गरेको हो ।

राजमार्गमा सवारी चेकजाँचका क्रममा वीरगन्जबाट पथलैयातर्फ आउँदै गरेको ना ६ ख ७२५८ नम्बरको ट्रकबाट उक्त परिमाणको गुट्खा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

अवैधरुपमा गुट्खा भित्राउदै गरेको पुष्टि भएपछि प्रहरीले ट्रकसहित धादिङ रोराङ्ग गाँउपालिका वडा नम्बर ५ का ३५ वर्षिय चालक नकुल परियारलाई समेत नियन्त्रणमा लिएको छ ।

प्रहरीले गुट्खासहित ट्रक र चालकलाई वीरगन्जस्थित भन्सार कार्यालय चलान गरेको छ ।

Leave a Reply