जीतपुर,कलवार कल्याण समिति जीतपुरको आयोजनामा कलवार समुदायको कुल देवताको रुपमा रहेका वलभद्र भगवानको सोमबार भव्य रुपमा सामुहिक पूजाको आयोजना गरिएको छ ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित जीतपुरमा समितिका उपाध्यक्ष लालबाबुप्रसाद साह कलवारको नेतृत्वमा आयोजना गरिएको सो पूजा कार्यक्रम समितिका अध्यक्ष राजाराम चौधरीको सभापतित्वमा भएको हो ।
प्राचिन कालदेखि नैं कृष्ण भगवानका दाजु वलभद्रलाई कलवार समुदायले कुल देवताको रुपमा मान्दै आएको पूजाका आचार्य पवनेश शास्त्रीले बताउनुभयो । वललाई शक्ती र भद्रलाई अन्न मानिएकको आचार्य शास्त्रीले बताउनुभयो । पुजा आरम्भ अघि जीतपुर बजारमा बाजागाजा र घोडदौलसहिँत शोभा यात्रा पनि निकालिएको थियो ।