पर्सा राष्ट्रिय निकुञ्जले बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्दा वन्यजन्तुका लागि पानीको पाइप पनि सँगै बिछ्याउनु पर्ने सर्त राखेको पाइएको छ । निकुञ्जले वन्यजन्तुका लागि वर्षभरि नै पानीको अभाव हुने यस क्षेत्रको समस्याको दीर्घकालीन समाधानका लागि यस्तो प्रस्ताव अघि सारेको हो । चुरे र भावर क्षेत्रमा फैलिएको निकुञ्जमा स्रोतको अभावमा वर्षभरि नै वन्यजन्तुले खाने पानीको अभाव हुने गरेको पनि छ । बन्यजन्तुको पानी खान पाउने अधिकार पनि हनन गर्न पाइने कुरुै भएन ।
भारत सरकारको सहयोगमा नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटरमा करिब तीन मिटर गहिराइमा पेट्रोल र डिजेलको पाइप बिछ्याउने योजना शुरु गर्न लागेको छ । पेट्रोलियम पाइपभन्दा माथि पानीको पाइप राख्न सकिनेछ ।निकुञ्जले बागमती र मधेस प्रदेशका मकवानपुर, बारा र पर्सा गरी तीन जिल्लालाई समेटेको छ, जहाँ वर्षभरि नै पानीको अभाव हुने गरेकाले यस निकुञ्जका वन्यजन्तु बस्तीमा पुग्ने र मानव–वन्यजन्तु द्वन्द्व बढ्ने गरेको छ ।
त्यसैले पनि निकुञ्जको कुरा सुन्न आवश्यक छ । पानीको अभाव हुदा बन्यजन्तुहरुलाई पनि असर पर्न सक्छ नै । फेरि पाइप लाइन पनि बिछ्याउन आवश्यक छ । पानीको ब्यवस्थापनका लागि आयल नियमले जिम्मा लिनुपर्ने कुरा निगमले सुनिदिँदा राम्रो हुनेछ ।नियमले निकुञ्जको कुरा सुनेर यसको ब्यवस्थापन गर्ने हो भने अरु समस्या नहोला र पाइप बिछ्याउने काम पनि सफल होला ।

Leave a Reply