नरेश गुप्ता

बरियारपुर,कलैया उपमहानगरपालिका वडा नम्बर ९ मा वडाको बिकास निर्माणका योजना बारे जानकारी लिन खोज्दा वडा अध्यक्षले सूचना नदिइएको स्थानीयहरुले आरोप लगाएका छन ।

कलैया उपमहानगरपालिका वडा न ९ का वडा अध्यक्ष अख्तर आलमले आफ्नो वडामा भएको बिकास निर्माण कार्य बारे स्थानीयले लिखित रुपमा सूचना माग गर्दा नदिइएको स्थानीय समाजसेवी सुशील साहले बताउनुभयो ।

समाजसेवी साहको अगुवाइमा स्थानीयहरुले मंगलबार वडा कार्यलयमा पुगेर वडा अध्यक्षविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । बिगत चार महिनादेखि कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरमा बिजुलिको पोलको लठाहरुमा बत्ति नबलेको, बिकास निर्माण कार्य आफ्ना आसेपासेलाई मात्र कमिसनको प्रलोभनमा दिइने गरेको स्थानीयहरुले आरोप लगाएका छन ।

आफ्नो वडा तथा उपमहानगरपालिकाको बिकास निर्माण कार्यको बजेटको पारदर्शिताको मांग गर्दै स्थानीयहरुले वडा कार्यलयमा विरोध जनाएका हुन ।

Leave a Reply