आइतबार छापामार शैलीमा सत्तामा रहेका दलहरुले प्रधानन्यायधिशका बिरुद्धमा महाअभियोगको प्रश्ताव दर्ता भएपछि नेपाली राजनीतिमा खैलाबैला भयो । नेपाली राजनीतिमा अकस्मात् भएको यो निर्णयले एमालेले छापामार शैली भनेको छ । छापामार शैलीका कारण प्रधानन्यायधिशमाथि महाभियोगको प्रश्ताव पेस भएको आरोप लगाएको थियो । एमाले आइतबार नै आक्रोशित थियो ।
एमाले आक्रोशित भएपछि उसले सत्ता पक्षका विरुद्धमा केही न केही ठूलै निर्णय गर्छ भन्ने लागेको थियो । धेरैले यही आश गरेका थिए । हुनत झगडा समस्या समाधानको उपाय होइन यद्यपि कहिलेकांही आक्रोशले पनि समस्या सृजना गर्ने गर्दछ । एमालेको आक्रोशले केही निर्णय गर्छ भन्ने पनि लागेको थियो ।
तर सोमबार बसेको एमाले संसदीय दलको बैठकले खासै निर्णय गरेन । उसले केही निर्णय गर्ने आशा गरिएको भएपनि त्यसो हुन सकेन । प्रतिपक्षले सरकारले गर्ने गलत रवैयाको बिरोध गर्नु नै पर्दछ । प्रधानन्यायधिश राणाले केपीको सरकार ढालेकाले पनि एमाले खुसी नै होला अब हेर्नु छ, भोलिका समयमा के गर्छ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ।