कलैया,बारा प्रहरीले अभद्र व्यहारमा मुद्दाका फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले अभद्र मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
बारा प्रहरीले परवानीपुर गाउँपालिका वडा नम्बर १ बुनियाद निवासी प्रवेज मियाँलाई पक्राउ गरेको प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले जनाउनुभयो । उहाँका अनुसार जिल्ला अदालत कलैयाबाट वरदातपछि फरारको सूचीमा नाम रहेकोले खोजबिन गरी पक्राउ गरिएको हो ।पक्राउ परेका मियाँलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कलैयामा बुझाइएको बारा प्रहरीले जनाएको छ ।

Leave a Reply