वीरगञ्ज,सानो पाइलाको सहकार्यमा सयभन्दा बढी प्रहरीहरुको थाइराइड परीक्षण गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरीहरुको निशुल्क थाइराइड परीक्षण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवानदेखि हवल्दार, प्रहरी सहायक निरीक्षक, प्रहरी नायब निरीक्षकसहित प्रहरी निरीक्षकसम्मका प्रहरीहरुको थाइराइड परीक्षण गरिएको सानो पाइलाले जानकारी दिएको छ ।

सानो पाइलका अनुसार पर्सामा प्रहरीमा कार्यरत कार्यरत १ सय २० जनाभन्दा बढी प्रहरीको थाइराइड निःशुल्क परीक्षण गरिएको हो । सामुदायिक संस्था सानो पाइलासंगै एजिलस् ल्याबरोटरीसँगको सहकार्यमा सबै प्रहरी अधिकारीहरुको थाइराइड परीक्षण गरिएको जनाइएको छ । परीक्षण गराइएका प्रहरी रिपोर्ट भन्ने यही बुधवार आउने आयोजक संस्थाले जनाएको छ ।

नेपाल प्रहरी संगठनमा कार्यरत प्रहरी अधिकारीहरुको कार्यव्यस्तता, जानकारीको अभाव, हतार र बाध्यात्मक खानपान लगायतका कारणले प्रहरीहरूमा थाइराइडको समस्या हुनसक्ने जोखिम धेरै हुने सानो पाइलाका हेल्थ सर्भिसेजका संयोजक डा. राकेश कुमार झाले बताउनुभयो । सोही कारणले जनताको सुरक्षार्थ खटिने प्रहरीहरूलाई थाइराइड सम्बन्धी जानकारी दिन तथा रोग लागेको भए उपचार विधिमा सामेल गराउन परीक्षण गरिएको उहाँको भनाई छ । उहाँका अनुसार निरन्तर काममा खटिनुपर्दा प्रहरी कर्मचारीहरूमा आरामको सम्भावना न्यून देखिन्छ । थला नै नपर्दासम्म स्वास्थ्य परीक्षण गराउने वातावरण नमिल्ने भएकाले प्रहरीलाई प्राथमिकतामा राखिएको हो ।

Leave a Reply