मनोज शाह

जीतपुर,जीतपुरसिमरास्थित गढिमाई मन्दिरमा मेला समिति गठन भएको छ । शनिवार जीतपुरसिमरा उपमहानगरपालिका वडा ९ मा रहेको गढिमाइ मन्दिरमा मेला समिति गठन भएको छ ।

वडा अध्यक्ष मोतिलाल यादवको अध्यक्षमा १९ सदस्य समिति गठन भएको हो । हरेक वर्ष झै यस वर्ष पनि मेलालाई सभ्य र भव्यरुपमा लाउने तयारी भएको वडा अध्यक्ष यादवले जानकारी दिनुभयो ।

समितिको उपाध्यक्ष भोटाई चौधरी, कोषाध्यक्ष पशुपति चौधरी, सचिव सतेन्द्र चौधरी, सहसचिव रमोध यादव र सदस्य महाराज पासवान, जितेन्द्र यादव सर्वसममत चुनिएका छन् ।

त्यसैगरी बली उपसमितिमा मुक्ति चौधरी, छोटेलाल पासवान, दायाँ पासवान,भिकारी पासवान मुन्ना चौधरी,धुरुप राय, राकेश पास्वान रहेका छन ।सुरक्षा उपसमितिमा बृजमोहन चौधरी,राजकुमार चौधरी,गोबिन्द चौधरी,बिजय चौधरी लगायत रहेको गढिमाई पूर्वधार समितिका अध्यक्ष बिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।

Leave a Reply