सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ नरबस्तीस्थित मुसहर्नीमाई मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहमा आर्थिक तथा प्रशासनिक अनियमितता भएको आशंका उपभोक्ताहरुले गरेका छन्।
वन समुहको १८औं साधारण सभामा केही उपभोक्ताहरुले समुहको आम्दानी तथा खर्चको हिसाब किताबमा पारदर्शिता नभएको, आम्दानी अनुसार लेखाजोखा नराखिएको र नाफामा रहेको समुहमाथि समेत ऋण देखाइएको आरोप लगाएका छन्।उपभोक्ताहरुले तत्कालिन अध्यक्ष कुबेरदत्त न्यौपानेमाथि आम्दानीलाई मनपरी खर्च गरेको, पैसा नलिएका व्यक्तिको नाममा रकम देखाइएको, तथा जथाभावी रूख काटेर जंगलभित्रै काठ लुकाई गोप्य रूपमा बिक्री गरिएको गम्भीर आरोप समेत लगाएका छन्। यस्तो आरोप लागेपछि यस विषयमा पर्सा राष्ट्रिय निकुञ्जको आधाभार कार्यालयले वन समुहलाई पत्र काटी स्पष्टिकरण मागेको छ।

Leave a Reply