बुधबार नेपाली राजनीतिमा एउटा तहल्ला पिटियो । प्रतिपक्षमा रहेको राष्ट्रिय जनता पार्टी र सत्ताको बागडोर सम्हालिरहेको नेपाल कम्यूनिष्ट पार्टीकाबीचमा एउटा सहमति भएको छ । यसले नेपाली राजनाीतिमा तहल्ला सृजना गराएको हो । प्रतिपक्ष र सरकारबीच सहमति हुनु आफैमा एक राम्रो राजनीतिक संस्कार भएपनि धेरै मुलुकमा यस्ता अभ्यास कम हुने गर्दछन् । कुनै बेला राजपा र नेकपाको दुरी निकै टाढा थियो । आपसमा मेल हुने खालको पनि थिएन ।
तर, अहिले आएर भएको छ । राष्ट्रिय सभाको चुनावमा दुई पार्टीकाबीचमा तालमेल गर्ने कुराले एक पटक राजनीतिक हिसावले तहल्ला पिटेको हो। मधेशवादी दल नेपालमा दुईवटा छन् । समावजादी पार्टी र राजपा । प्रदेश नम्बर २ मा यिनै दुई पार्टीको सरकार पनि छ । राजपा र समाजवादी मिलेर सरकार बनाएपनि राष्ट्रिय सरकारमा राजपा सहभागी छैन ।
राष्ट्रिय राजनीतिमा त राजपा प्रतिपक्ष नै हो । पछिल्लो नेकपा र राजपाबीचको सहमतिले राजपा पनि सरकारमा सहभागी नहोला भन्न सकिन्न । सजावादी पार्टीलाई चुनौती दिनका लागि नै भएपनि यी दुई पार्टीबीचमा सहमति भएको कतिपयको बुझाइ छ । राजनीतिक बृत्तमा पनि यस्तो खालको टिप्पणी भएको पाइन्छ । उपेन्द्र यादवलाई दबाब सृजना गर्नका लागि पनि ओली कार्ड फालिएको धेरैको बुझाइ छ ।