काठमाण्डौं,साइबर अपराध आरोपमा अनुसन्धानका लागि पक्राउ परेका दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।मंगलवार दिउँसो एक समूहले राष्ट्रिय झण्डासहित माइतीघरको सडकमा भेला भएर प्रदर्शन गरेको हो । उनीहरुले प्रसाईंलाई रिहा गर्न माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृले दिएको उजुरीको आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतवार उनको निवास भक्तपुरबाट पक्राउ गरेको थियो ।
अस्पताल भर्ना भएका प्रसाईँलाई मंगलवार डिस्चार्ज गरेको साइबर ब्यूरोका अधिकृतले बताएका छन ।विद्युतीय अपराध सम्बन्धी कसुरमा उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । ब्यूरोले उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राख्ने भएको छ ।


















