सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा तेश्रो डुमरवाना गोल्डकप २०८० हुने भएको छ ।जनमुखी युवा चारपाते क्लबको आयोजनामा चैत्र १३ गतेदेखि प्रतियोगिता हुने भएको हो । आयोजक क्लबले डुमरवाना खेल मैदानमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

चैत्र २३ गतेसम्म सञ्चालन हुने प्रतियोतिमा ८ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १ लाख पचार हजार र उपविजेताले ७५ हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा एपिएफ बर्दिवास, भरतपुर फुटबल क्लब चितवन, वीरगञ्ज युथ एकेडेमी पर्सा, रिगल हेटौडा रिसोर्ट मकवानपुर, एभरेष्ट फुटबल एकेडेमी सर्लाही, निजथढ एफसी, वीरगञ्ज युनाईटेड वीरगञ्ज र आयोजक जनमुखी युवा चारपाते क्लबको सहभागिता रहनेछ ।

प्रतियोगिताको मुख्य सहयोगी संस्थामा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय र सहयोगी संस्थामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ को कार्यालय रहेको छ ।प्रतियोगिताको सहआयोजकमा डुमरवाना भेट्रान क्लब डुमरवाना रहेको छ । करिव १३ लाखको लागतमा आयोजना हुन लागेको प्रतियोगिता आयोजना गर्न उपमहानगरपालिकाको कार्यालयले ५ लाख र वडा नम्बर १५ को कार्यालयले ३ लाख रुपैया सहयोग गरेको छ ।

क्लबका अध्यक्ष हेमनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १५ का कार्यवहाक अध्यक्ष रामेश्वर खा थारु, वडा नम्बर १५ का वडा सचिव प्रदिप रेग्मी, पत्रकार महासंघ बाराका अध्यक्ष रेमश तिवारी, आयोजक क्लबका सदस्य जितु पटेल, डुमरवाना भेट्रानका सचिव मनोज चौधरी, कोषाध्यक्ष रोशन चौधरी, सदस्य लालबहादुर गुरुङ ‘साईला’, प्रतियोगिता संयोजक दिपेश चौधरी, सहसंयोजक जितेन्द्र पटेल, आयोजक क्लबका सदस्य धिरेन्द्र खा थारु लगायतको उपस्थिति रहेको थियो ।डुमरवाना गोल्डकपको पहिलो संसकरण २०७८ र दोश्रो २०७९ सालमा आयोजना भएको थियो ।

Leave a Reply