वीरगञ्ज,तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएको उद्घाटन खेलमा वीरगञ्ज युथ एकेडमी विजयी भएको छ ।शक्ति युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा आयोजक शक्ति युवा क्लबलाई वीरगञ्ज युथ एकेडमीले ट्राईब्रेकरमा ४÷२ गोल अन्तरले हराएको हो ।

परवानीपुर खेल मैदानमा सुरु भएको खेलको पहिलो हाफमा शक्ति युवा क्लबले २ गोल अन्तरले अग्रता बनाएको थियो ।
पहिलो हाफको १४औं मिनेटमा शक्ति युवा क्लबका अजय कुमारले पहिलो गोल गरे । खेलको शुरुवातिमा दबादमा रहेको वीरगञ्ज युथ एकेडमीमाथि हाबि बनेको शक्ति युवा क्लब २४औं मिनेटमा खेलाडी संघर्ष मगरले गोल गरेका थिए ।
खेलको दोस्रो हाफको सुरुमै ५०औं मिनेटमा वीरगञ्ज युथ एकेडमीका आकाश पासवानले आफ्नो टिमको लागि पहिलो गोल गरे । दोस्रो हाफमा शक्ति युवा क्लब एकाएक हाबी बनेको वीरगन्ज युथ एकेडेमीले दबाद बढाउदै खेलको ५५औं मिनेटमा कृष्णा शाक्यले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । निर्धारित ९० मिनेटको खेलमा दुबै टिम २÷२ गोल गर्दै बराबरी खेलेपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो ।
ट्राईबे्रकरमा शक्ति युवा क्लबका पाँच जना खेलाडी मध्ये तीन खेलाडी पोष्ट बाहिर बल हानेपछि पराजय बेहोर्नु परेको थियो । ट्राईबे्रकरमा वीरगञ्ज युथ एकेडमीका पाँच जना खेलाडी मध्ये चार खेलाडी गोल गर्न सफल बनेका थिए ,।
आइतवार हेटौंडा फुटबल एकेडेमी मकवानपुर र चिडिया दह स्टार क्लब रौतहटबीच हुने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले बताउनुभयो ।
चैत १० गतेसम्म चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब, वीरगञ्ज युनाइटेड एफसी, वीरगन्ज युथ एकेडेमी, नवजनजागृती युवा क्लब सिमरा, चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाहीको सहभागी छ ।
यस्तै बाग्मति प्रदेशको हनामी भरतपुर फुटबल क्लब चितवन, हेटौंडा फुटबल एकेडेमी मकवानपुर पनि प्रतियोगितामा सहभागी छन ।
प्रतियोगितामा विजयी क्लबले नगद दुई लाख एक हजार र उपविजेताले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउनेछन ।त्यस्तै प्रतियोगितामा खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको प्रतियोगिता सहसंयोजक दिपक यादवले बताउनुभयो ।यसअघि गोल्डकपको परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले उद्धाटन गर्नुभएको थियो ।प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका नेता रामपाल यादव, मोबिन आलम, सोचन यादव, राजेन्द्र यादव, नेपाली कांग्रेसका नेता विजय गुप्ता, हबिब मियाँ लगायतका विभिन्न वडाका वडाअध्यक्ष र विभिन्न दलका प्रतिनिधि तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।



















