दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको कोल्हवी नगरपालिकामा तामागढी बहुउद्देशीय सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ ।
नगरपालिकाको वडा नम्बर १ मा रहेको तामागढी ईभेन्ट होटलको सभाहलमा तामागढी बहुउद्देशीय सहकारी संस्थाको चौथौ साधारण सभा मंगलवार सम्पन्न भएको हो ।संस्थाका अध्यक्ष श्यामप्रसाद खनालको अध्यक्षतामा भएको सो साधारण सभामा प्रमुख अतिथि बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले पानसमा दीप प्रज्वलित गरी सभाको उद्घाटन गर्नु भएको थियो ।साधारण सभामा आर्थिक वर्ष २०७९ -८० को वार्षिक प्रतिवेदन संस्थाको अध्यक्ष खनाल र लेखा प्रतिवेदन बिनोज खनालले सभा समक्ष प्रस्तुत गर्नु भएको थियो । सभामा वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरी, संस्थाका उपाध्यक्ष चिन्तामणी चौधरीलगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।साधारण सभामा संस्थाको प्रबन्धक कुमारसानु प्रसाद चौधरी, सञ्चारकर्मीहरु, संस्था सञ्चालक समितिको पदाधिकारीहरु, कर्मचारी, शेयर धनी सदस्यलगायतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सञ्चालन रामकुमार शिवाकोटीले गर्नु भएको थियो ।

Leave a Reply