कलैया,मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिवार एक कार्यक्रमकाबीच कलैया उपमहानगरपालिका– ३ गंगापुरस्थित यातायात ट्रायल सेन्टरको उद्धाटन गर्नुभएको छ ।

उद्धाटनसंगै अब कार्यालयबाट सवारी चालक अनुमति पत्र (ड्राईभिङ्ग लाईसेन्स) को लागि बारा जिल्लाबासीले चालक अनुमति पत्रको ट्रायल दिन सक्ने भएका छन ।मधेस प्रदेश सरकारले अब प्रदेशका सबै जिल्लाबाट लाइसेन्स जारी गर्ने कार्यको सुरुवात गरेको मुख्यमन्त्री यादवले बताउनुभयो ।कलैया उपमहानगरपालिका– ३ मा स्थापना भएको यातायात व्यवस्था कार्यालय बाराले चैतको पहिलो साता सवरी लाइसेन्सको लिखित परीक्षा सञ्चालन गर्ने पनि जनाएको छ । सवारी लाईसेन्स परीक्षापछि परीक्षार्थीहरुको लागि निर्माण गरिएको ट्रायल सेन्टरको मुख्यमन्त्री यादवले उद्धाटन गर्नुभएको हो ।

Leave a Reply