निजगढ,बाराको निजगढस्थित पूर्वपश्चिम लोकमार्गमा कारको ठक्करबाट २ जना घाइते भएका छन ।घाइते हुनेमा निजगढ नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी वर्ष ३२ का मनोज बिष्ट र सोही मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने वर्ष ४८ का नकुल डासेली मगर रहेका छन ।

चन्द्रपुरबाट निजगढतर्फ आउदै गरेको प्र ३–०१–००२२ च ७६५२ नम्बरको कारले विपरित दिशातर्फ जादै गरेको प्र २ –०३ –००८ प ११८० नम्बरको मोटरसाइकलाई साँझ ५ः १५ बजे ठक्कर दिँदा मोटरसाइकल चालक बिष्टको दाहिने हात र दाहिने खुट्टामा चोट लागेको छ । मोटरसाइकलको पछाडि बस्ने मगरको शरीर र दुबै खुट्टामा चोट लागेको छ । घाइते दुबै जनाको अवस्था मध्यम रहेको र उनीहरुको सामुदायिक प्रसुती गृह निजगढ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।

प्रहरीले कार चालक जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका वडा नम्बर ६ बस्ने अन्दाजी वर्ष ३० को गोबिन्द कुइकेललाई नियन्त्रणमा लिएको छ । घटनापछि कार छोडेर फरार कुइकेललाई निजगढ २ सिंगौलबाट ८ः४० बजे नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालयमा राखिएको निरीक्षक कुशवाहाले बताउनुभयो । यसैबीच मोटरसाइकल चालक बिष्टको खुट्टाबाट रक्तस्राव नरोकिएपछि थप उपचारको लागि चितवन पठाइएको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिनुभयो ।

Leave a Reply