राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिका वडा नं ४ लंगडी चौकमा सोमवार घटस्थापनको दिन दुर्गा भवानीको जल यात्रा निकालिएको छ ।
जलयात्रामा ४ सयजना कन्या कुमारीहरुको सहभागीता रहेको थियो । लंगडी चौकमा रहेको माता दुर्गा भवानीको पुजा स्थलबाट निस्केको जलयात्रा लंगडी र बखरी गाउँ परिक्रमासहित छठियाघाट सिकटा खोलाको जल बोकेर फर्किएको थियो ।
बाजा गाजाको साथमा निस्केको जलयात्रामा पंडित केदार पाण्डे, वडा अध्यक्ष अबास मियाँ, दुर्गा पूजा समितिका बिरेन्द्र साह कलवार, कमरुल मियाँ, हरेन्द्र साह कानु, राजेन्द्र साह, लालबाबु पटेल, राममुर्ती साह, पत्रकार लालबाबु बानिया, राजन बानिया, प्रदिप पटेल, रोशन चौरसिया, पिन्टु पटेल, राजकिशोर गुप्ता, मुना सहनी, सामबाबु पटेललगायत हजारौंको संख्यामा कुमारी कन्या, महिला, बालबालिका र युवाहरुको सहभागिता रहेको थियो ।

















