सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा न ५ मा सोमवार दलित उत्थान कार्यक्रम अन्तर्गत दलित समुदायहरुको लागि टेन्टसहित भाडा हस्तान्तरण गरिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोलाप्रसाद अधिकारी र वडा न ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीले बकुलियाका दलितहरुको लागि संयुक्त रुपमा टेन्ट र भाडा हस्तान्तरण गरेको वडा सचिव अर्जुन पाण्डेले जानकारी दिनुभयोवडा न ५ को वडा स्तरीय कार्यक्रम र बजेट शीर्षकबाट १ लाख ३० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको हो ।वडाभित्र दलित समुदायहरुको घरमा कुनै कार्यक्रममा या बिहेमा भोजको लागि आवश्यक पर्ने भाडा र टेन्टको अभाव हुँदा दलित समुदायको स्थानीयहरुको आग्रहमा उक्त सामग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।
सामाग्री हस्तान्तरन कार्यक्रममा बोल्दै उपमहानगर उपप्रमुख अधिकारीले वडाले दलित उत्थान कार्यक्रम अन्तर्गत दलित समुदायलाई उपलब्ध गराएको सामाग्री अति राम्रो भएको बताउनुभयो ।


















